काठमाडौँ– नेकपा एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकले महाधिवेशन आयोजक कमिटी भङ्ग गर्दै एमालेका साङ्गठनिक संरचनाहरू २०७५ जेठ २ मा फर्काउने निर्णय गर्नेछ ।

बुधवार साँझ बसेको स्थायी कमिटी बैठकले एमालेका साङ्गठनिक संरचनाहरू २०७५ जेठ २ मा फर्काउने निर्णय गरेको थियो ।बैठकले स्थायी कमिटीको यो निर्णयलाई अनुमोदन गर्नेछ । सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी एकतापूर्वको अवस्थामा रहेपछि एमालेको गत फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेको थियो ।