मकवानपुर– हेटाैंडामा भोली बिहीबार हुने राष्ट्रियसभाको उपनिर्वाचनको सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । आज निर्वाचन अधिकृतको कार्यालयले पत्रकार र उमेदवारका प्रतिनिधिहरु बिचमा अन्तरकृया कार्यक्रम गरेर निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माविमा हुने मतदानबाट कसैलाई पनि बन्चित नगर्नका लागि प्रदेश सभाका सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई पीसीआर रिपोर्ट अनिवार्य नगरिएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । सबै मतदाताले पिसिआर रिपोर्ट उपलब्ध गराउन नसक्ने अवस्था देखिएपछि अनिवार्य नगरिएको उपनिर्वाचन अधिकृत श्रेष्ठले वताउनुभयो । तीनै जना उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा सो निर्णय गरेको उहाँले जानकारी दिनुभयो । रिपोर्ट लिएर आउनेलाई एउटा लाइन र नहुनेलाई अर्को लाइनमा राखी मतदान प्रक्रियामा सहभागि गराइने भएको छ । कोरोना संक्रमित मतदातालाई पनि स्वास्थ्यकर्मीको सहयोगमा छुट्टै लाइनमा राखी मतदानमा सहभागि गराइने जनाइएको छ । चुनावमा बिहान ९ बजेदेखि ३ बजेसम्म मत खसाल्ने काम हुने र ५ बजेपछि मत गणना गर्ने तयारी गरेको निर्वाचन प्रमुख श्रेष्ठले बताउनुभयो ।