मकवानपुर– गृहमन्त्री तथा राष्ट्रिसभा उपनिर्वाचनमा उम्मेदवार रामबहादुर थापा “बादल” ले भोली हुने उपनिर्वाचनमा आफुलाई नेकपा एमालेको माधब नेपाल पक्षका सबै सांसदले मतदान गर्ने सुनिश्चित भएको दावि गर्नु भएको छ । उपनिर्वाचनका लागि आज हेटौंडा आउनुभएका गृहमन्त्री थापाले हेटौंडामा पत्रकारहरुसंग कुराकानी गर्दै माधब नेपाल पक्षका प्रदेसभाका सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरुले महतदान गर्ने सुनिश्चितता रहेको वताउनुभएको हो ।
पत्रकारसंग कुराकानी गर्नुहुँदै उहाँले नेकपा एमालेको आधिकारीक उमेदवार भएकाले आफुलाई मतदान गर्नेमा कुनै संकानै नरहेको उहाँले बताउनुभयो । गृहमन्त्री थापाले भन्नुभयो– “एउटै पाट्रीबाट चुनाब लड्ने अनी मतदान नगर्ने भन्ने कुनै कुरानै हुँदैननी कसैप्रति मेरो संका छैन ।” गृहमन्त्री थापाले नेकपा माओबादी केन्द्र र नेपाली काग्रेशका जनप्रतिनिधिहरुले पनि आफुलाई मतदान गर्ने आश्वासन दिएको वताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेस र माओवादीको आधिकारिक उम्मेदवार छैन । साझा उम्मेदवार भएकाले कांग्रेस र माओवादीभित्रै पनि विवाद छ । त्यहाँबाट पनि मलाई मत आउने निश्चित छ ।’
उपनिर्वाचनमा उहाँको प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेस, माओवादी केन्द्र तथा जनता समाजबादी पार्टीको तर्फबाट डाक्टर खिमलाल देबकोटा रहनुभएको छ । भोली जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा बागमती प्रदेश अन्र्तगत एमालेको तर्फबाट उम्मेद्वार बन्नुभएको उहाँ निर्वाचनका लागि आज हेटौंडा आउनुभएको हो । उहाँसँगै एमाले नेताहरु कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, कृष्ण राई लगाएतका नेताहरु समेत हेटौँडा आउनुभएको छ ।