हेटौंडा– देशभर पछिल्लो २४ घण्टामा ८ हजार १ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा आरटी पीसीआर परीक्षण गर्दा ८ हजार ६४ जना र एन्टिजेन परीक्षणबाट १ सय ९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या ४ लाख ८० हजार ५ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
आज थप ७ हजार ९ सय ८९ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख ६० हजार ४ सय ३ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । यसै गरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप २ सय ४६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ५ हजार ६ सय ५७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।