काेराेना सङ्क्रमणकाे अवस्थालाई ध्यानमा राख्दै भारतमा लकडाउनकाे अवधि आउँदाे मे ३१ सम्म लम्ब्याइएकाे छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले सबै केन्द्रीय र राज्य मन्त्रालय विभाग र प्राधिकरणलाई आउँदाे मे ३१ सम्म देशैभर लकडाउनकाे अवधि बढाउन निर्देशन दिएकाे हाे ।
एनडीएमएले सरकारसँग काेराेना भाइरसकाे सङ्क्रमण राेक्नकाे लागि याे लकडाउनलाई विपद् प्रबन्धन कानुन (२००५) काे अनुसार बढाउनुपर्ने बताएकाे छ । साथै एनडीएमएले आर्थिक गतिविधि खाेल्न याेग्य बनाउन लकडाउनकाे दिशानिर्देशमा सुधार गर्न नेशनल एक्जिक्युटिभ कमिटीलाई निर्देशन दिएकाे छ । समाचार एजेन्सी पीटीआईका अनुसार यसबारेमा नयाँ दिशानिर्देश चाँडै नै सार्वजनकि गर्ने जनाएकाे छ ।
भारतमा अहिलेसम्म ९० हजार नाै सयभन्दा धेरैमा काेराेना पुष्टि भएकाेमा दुई हजार आठ सय ७२ जनाकाे ज्यान गएकाे छ । त्यस्तै ३४ हजार एक सय नाै जना उपचारपछि निकाे भएका छन् ।