हेटौंडा अस्पताल परिषरमा आज सरसफाई गरिएको छ । कर्मचारी मिलन केन्द्रको आयोजनामा कार्यक्रम भएको हो ।

Image may contain: one or more people, people standing and outdoor

कर्मचारी मिलन केन्द्र मकवानपुरका अध्यक्ष राम कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेयर महतले अस्पताल परिषर सरसफाई गरेकोमा धन्वाद व्यक्त गर्नुभयो ।

Image may contain: one or more people, people standing and outdoor

कार्यक्रममा कर्मचारी मिलन केन्द्रका संरक्षक एवम् प्रमुख जिल्ला अधिकारी आश्मान तामाङ्, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक मुकेश कुमारसिंहलगायत हेटौडा उपमहानगरपालिका, हेटौंडा अस्पताल, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।