काठमाडौँ– इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम मे २५ तारिखमा इराक जाने भएको छ । कतार एयरवेजबाट नेपाली टिम दोहा हुँदै इराक जानेछ ।
नेपाल भन्दा निकै माथिको बरीयतामा रहेको इराकसँग नेपालले मे २९ मा मैत्रीपूर्ण खेल खेल्नेछ । यो खेलपछि नेपाली टिम फिफा विश्वकप छनौटका लागि कुवेत प्रस्थान गर्नेछ । इराकसँगको खेल खेलेको अर्को दिन अर्थात् मे ३० तारिखमा कुवेत प्रस्थान गर्नेछ । नेपालले विश्वकप छनौटमा जुन तीनमा चाइनिज ताइपेइ, जुन सातमा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ । नेपाली टिम जुन १२ मा नेपाल फर्किनेछ । विश्वकप छनौटमा नेपालले खेलका पाँच खेलमा एक जित र चार हार बेहोरेको छ ।