मकवानपुर– ढुंगा, गीट्टी, बालुवा जिल्ला अनुगमन समिति मकवानपुरले बितेको तिन दिनमा विभिन्न क्षेत्रमा अबैध रुपमा संचालित ३६ वटा बालुवा उद्योगहरु बन्द गरेको छ । अनुगमन समितिले स्थलगत अनुगमन गरेर अबैध रुपमा संचालित बालुवा उद्योगहरुलाई बन्द गर्न निर्देशन गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् अनुगमन समितिका संयोजक रघुनाथ खुलालको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, डिभिजन वन कार्यालयका प्रमुख, जिल्ला स्थित नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले अनुगमन गरेर ति उद्योगहरुलाई संचालन नगर्न निर्देशन दिएको हो । अनुगमन समितिले जिल्लाको राप्ती, मनहरी, लोथर, कुखरेनी खोला लगायत अन्य खहरेहरुमा गरिएको अनुगमनका क्रममा बालुवा धुने उद्योगहरु नियम विपरित संचालन भएको पाईएकोले उद्योग संचालन नगर्न निर्देशन गरेको हो ।
अनुगमन समितिले पछिल्लो ३ दिनमा मात्रै ३६ वटा अबैध रुपमा संचालन भएका त्यस्ता बालुवा उद्योगहरु भत्काएको छ । भने अव उपरान्त संचालन नगर्न निर्देशन दिएको अनुगमन समितिका संयोजक खुलालले जानकारी दिनुभयो । नदि खोला दोहन भइरहदा प्राकृतिक रूपमा असर गर्नुका साथै राज्यको राज्स्व गुमिरहेको पाईएपछि अनुगमन समितिले उक्त उद्योगहरु भत्काउने काम गरेको उहाँले बताउनुभयो । ढंगा, गीट्टी, बालुवा जिल्ला अनुगमन समितिले सोमबार कुखरेनी खोलामा गरिएको अनुगमनका क्रममा १० वटा अबैधानीक रुपमा संचालन भएका त्यस्ता बालुवा उद्योगहरु भत्काईएको थियो । भने मंगलबार हेटौंडा–१ स्थित चौकीटोल, हेटौंडा–११, ३ र मनहरीमा गरि करीब २२ वटा बालुवा उद्योगहरु भत्काएर नष्ट गरेको थियो । त्यस्तै बुधबार पनि अनुगमन समितिले हेटौंडा–६ र १६ नमबर वडामा बालुवा उद्योगहरुको अनुगमन गरेर बन्द गर्नुका साथै अवैधानीक रुपले संचालन नगर्न निर्देशन दिईएको छ । साथै कतिपय स्थानबाट मेसिनरी सामान समेत नियन्त्रणमा लिईएको उहाँले बताउनुभयो ।
अनुगमन समिमितिले अबको अनुगमनलाई नियमितता दिने बताएको छ । उक्त क्षेत्रमा अबैध नदि जन्य पदार्थ उत्खनन् नियन्त्रणका लागि नियमित अनुगमन गर्ने निर्णय भएको प्रमुख खुलालले बताउनुभयो । समितिको बैठकले नदि जन्य पदार्थहरुको संरक्षणका लागि निरन्तर अनुगमनको आवश्यकता देखिएकाले अनुगमनलाई नियमित गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । जसका लागि हेटौंडा उपमहानगरपालिका, भीमफेदी, मकवानपुरगढी, वकैया र वागमती गाउँपालिका क्षेत्रमा जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा ३ समुह वनाई नियमित अनुगमन गर्ने निर्णय गरेको छ । उक्त क्षेत्रमा डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख इमनाथ पौडेलको नेतृत्वमा अनुगमन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
त्यस्तै हेटौंडादेखि पीश्चम लोथरसम्म, राक्सीराङ्ग र ईन्द्रसरोवर गाउँपालिका तथा थाहा नगरपालिका क्षेत्रमा पनि प्रहरीको सहयोगमा ३ समुह वनाई डभिजन वन कार्यालय मनहरीका प्रमुख दिर्घ नारायण कोईरालाको नेतृत्वमा निरन्तर अनुगमन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । साथै अनुगमन समितिले क्रसर तथा वालुवा उद्योगलाई व्यवस्थित गराउनका स्थानीय तहलाई पत्राचार गरिएको भए पनि हाल सम्म स्थानीय तहले विवरण पेश नगरेकाले यथासक्य छिटो तथ्यगत विवरण ल्याउन लागि स्थानियतहरुमा पुनः पत्राचार गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै बालुवा उद्योगहरु तेकिएको स्थानमा भए नभएको तथा उद्योगहरुले अन्यत्रको जग्गा देखाएर खोला छेउमा क्रसर तथा बुलुवा उद्योगहरु संचालन भएको पाईएकाले त्यसताको हकमा उद्योग खोरेजीको प्रकृया उपनाईने तयारी समेत गरेको छ । जसका लागि घरेलु तथा साना उद्योग कार्यालयको नेर्तत्वमा वन कार्यालय र नापि कार्यालय र स्थानीय तहको प्रतिनिधिलाई उद्योग भएको जग्गाको अवस्था बुझेर ७ दिन भित्र प्रतिवेदन पेश गर्न घरेलु तथा साना उद्योग कार्यालयलाई जिम्मेवारी दिईएको छ । अनुगमनमा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, सशस्त्र प्रहरी बल १४ नम्बर गणका प्रहरी उपरिक्षक विकास घिमिरे, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टिका बहादुर कार्की, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जग्गनाथ दाहाल, डिभिजन वन कार्यालयका प्रतिनिधि, राष्ट्रिय अनुसंधानका प्रमुखलगायत अनुगमन समितिका पदाधिकारीहरुको सहभागिता रहेको छ ।