मकवानपुर– मकवानपुरमा बुधबार दिउसाे मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको पुर्वी बागमती गाँउपालिका–७ पाथिभारामा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते एकजनाको ज्यान गएकाे हो ।
बुधबार दिउँसो झुरझुरेबाट फापरबारी तर्फ आउँदै गरेको ग १४ प ३७०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाइते भएका थिए । दुर्घटनामा घाइते मोटरसाईकलमा पछाडी सवार सुर्खेतको भेरी गंगा नगरपालिका–४ बस्ने अन्दाजी २३ वर्षीय नरेश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले जानकारी दिनुभयो । उनको उपचारको क्रममा हेटौडा अस्पतालमा मुत्यु भएको उहाँले बताउनुभयो । त्यस्तै उक्त दुर्घटना गम्भीर घाइते भएका १८ वर्षीय समिर गुरुङ भन्ने शेर बहादुर गुरुङको अवस्था गम्भिर रहेको र उनको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारका लागि चितवन रेफर गरिएको प्रहरी उपरिक्षक कार्कीले बताउनुभयो । गुरुङको ठेगाना भने खुलिनसकेको प्रहरी नायव उपरिक्षक कार्कीले जानकारी दिनुभयो ।