हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेपालको संघीय शासन व्यवस्थाका पहिलो मुख्यमन्त्री हुनुहुन्छ । सादा जीवन उच्च विचार बोक्ने मुख्यमन्त्री पौडेलको जिवनशैली पनि त्यस्तै देखिन्छ । सबैको दृढ संकल्प, ईमान्दार प्रयत्न र मेहनतबाट समृद्धिको सपनालाई यथार्थतामा बदल्न सकिन्छ भन्ने संकल्पका साथ देशको समृद्धि र विकासमा लाग्ग्नु भएका मुख्यमन्त्री पौडेलको जिवनशैली वास्तवमै अन्यकालागि अनुकरणीय छ ।
मुख्यमन्त्री भए लगतै प्रदेश नम्बर ३ लाई भ्रष्टाचार मुक्त प्रदेश बनाउने घोषणा गर्नुभएका मुख्यमन्त्री पौडेलका कृयाकलापहरु पनि सोहि अनुसारका रहेका छन् । ७ दशक उमेर पार गरि सक्नु भएका मुख्यमन्त्री पौडेल अहिले पनि कामका सवालमा युवासंगै काँधमा काँध मिलाएर हिड्नुहून्छ । उहाँ अहिले पनि भन्नु हुन्छ “म काममा मात्र भरोसा गर्छ, गफमा हैन ।” र त्यो कुराका धेरै उदाहरणहरु छन् । ३ नम्बर प्रदेशका जनताको लागि अहोरात्र खट्न तयार मुख्यमन्त्री पौडेलले सरकारी सेवा सुविधा बाहेकका अन्य सेवा सुविधा आफु पनि लिनुहुन्न र कुनै अन्य मन्त्री तथा कर्मचारीलाई नदिने घोषणा न गर्नुभएको छ ।
यस वाहेक पनि उहाँका सादगी र जनता प्रतिको ईमान्दारीताका अन्य धेरै उदाहरणहरु छन् । सोमबार यस्तै एउटा घटना काठमान्डौंमा घट्यो । भिआइपी व्यक्तिहरुको सवार हुँदा सडक खुल्ला गरी सर्वसाधारण जनताले दुःख पाएका छन् भनि आलोचना भइरहेको बेला मूख्यमन्त्री डोरमणी पौडेलको सवारीमा भने फरक देखिएको छ । सोमबार बिहान करिव १० बजेको समयमा जाउलाखेल देखी पुतलिसडक सम्मको यात्राका क्रममा उहाँ सवार गाडीले नेपालको ट्राफिक नियमलाई पालना गर्दै सार्वजनिक यातायातको पछि पछि सवार भएको थियो ।
उहाँको सवार सामान्य सर्वसाधारणको जस्तै देखिएको छ । उहाँको सवारमा ट्राफिक नियम तथा यातायात व्यवस्था सम्बन्धी नियम कानुनलाई पालना गर्दै सवार हुनुले नेपालको कानुनी राज्यमा सवैलाई समानता रहेको महशुस गराएको छ । विगतका भिआइपीहरुको सवारमा सवारी जामले सर्वसाधारणले दुःख पाउने गरेको तितो यथार्थलाई तोड्दै मुख्यमन्त्री पौडेलेको सार्वजनिक यातायात झैं सडकमा गुड्नुलाई उदाहरणीय रुपमा लिन सकिन्छ । सडकमा सादगी देखाएका मुख्यमन्त्रीको सामाजिक संजालमा निकै प्रसंशा भएको छ । उहाँको यो सवारलाई देखेर कतिपय अहिले पनि भिआइपीको सवारका समयमा सडक खाली गर्ने प्रथाको अन्तय गर्न उहाँको सवारबाट सिक्न जरुरी देखिएको छ ।