फाइल फाेटाे

हेटौंडा– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले डेंगु नियन्त्रणमा जुट्न सबैलाइृ आग्रह गर्नुभएको छ । सोमबार हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालये आयोजना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुर र सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा भएको सचेतना मुलक कार्यक्रममा उहाँले डेंगुको नियन्त्रणमा जुट्न आग्रह गर्नुभएको हो ।

डेंगु रोगको अहिले सम्म कुनै उपचार नभएकाले घर वरीपरी सफा गर्ने र सफा पानी जम्न नदिनुनै नियन्त्रणको एक मात्र उपाए भएकाले सबैलाई उक्त कार्यमा जुट्न आग्रह गर्नुभयो । डेंगु नियन्त्रणकालागि सबैको साथ र सहयोग आवश्य रहेको बताउनुभएको छ । कार्यक्रकै अवसरमा उहाँले आगामी असरोज २, ३ र ४ गते प्रदेश स्तरमा मनाउन लागिएको संविधान दिवशलाई भव्य वनाउन सबैलाई आग्रह गर्नुएको छ । जनाताद्धारा निमार्ण गरिएको नेपालको पहिलो संविधानलाई जनस्तरमा मनाउने सरकारको निर्णयको कार्यान्वयन गर्न पनि संविधान दिवशको कार्यक्रममा सबैलाई सहभागि हुन आग्रह गर्नुभयो ।

कार्यक्रमकै अवसरमा सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौँडा–१० को नयाँ कार्यसमित घोषणा गरिएको छ । प्रदिप कँडेलको अध्यक्षतामा ७ सदस्य नयाँ कार्यसमिति घोषणा गरिएको थियो ।
१० नम्बर वडाका अध्यक्ष किताब सिंह लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, ३ नम्बर प्रदेश स्वास्थ्य निर्देशनालयका डा अर्जुन सापकोटा, सामुदायिक सेवा केन्द्र थानाभर्याङका अध्यक्ष शालिकराम पुडासैनी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा ३ नम्बर प्रदेश स्वास्थ्य निर्देशनालयका डा अर्जुन सापकोटा र हेटौंडा उपमहानगरपालिकाका स्वास्थ संयोजक सुपेन्द्र कार्कीले डेंगु रोगबा बारेमा कार्यपत्र प्रस्तुत गर्नुभउको थियो ।