हेटौंडा– मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले राष्ट्रिय बाल दिवसको आवसरमा आईतबार पुरस्कार वितरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । गाउँपालिकाले ४० औ शिक्षा दिवसको अवसरमा आयोजित मावि स्तरिय हिज्जे प्रतियोगिता र आधारभुत विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगिता विजेतालाई पुरस्कार वितरण एवम् कक्षा ८ र एसईइ को परिक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यालय र विषय शिक्षकलाई सम्मान गरेको हो ।
गढी गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक जित वहादुर घिमिरेको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमा बोल्दै अध्यक्ष हुमागाईले शैक्षिक क्षेत्रको सुधारकालागि गाउँपालिकाले पुरस्कार र सम्मान कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रको सुधारकालागि शिक्षक र विद्यार्थीलाई प्रोत्साहन गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बा, प्रमुख प्रशासकीय अधिकृत भिम वहादुर परियार, ८ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुलगायत पालिकाका कर्मचारी एवम् सरोकारवालाको सहभागिात रहेको थियो । कार्यक्रममा गढी गाउँपालिकाको शैक्षिक अवस्था, समस्या र अवको बाटोका विषयमा गाउँपालिकाका शिक्षा प्रमुख राम वहादुर घलानले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।