मकवानपुर– मदन भण्डारी फाउण्डेशन मकवानपुरको तेस्रो जिल्ला अधिवेशन आगामि फागुन १६ गते शुक्रबार हुने भएको छ । बुधबार आज फाउण्डेशनका जिल्ला अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले विभिन्न कारणले रोकिएको फाउण्डेशनको अधिवेहन आगामि फागुन १६ गते शुक्रबार गर्ने निर्णय गरेको हो ।
त्यस्तै आजको बैठकले आगामी फागुन १६ गते सिद्धार्थ माविको सभाहलमा आयोजना हुने अधिवेशनमा पेश गर्ने प्रगती प्रवेदन र आर्थिक प्रतिबेदन पास गरेको छ । साथै बैठकले हेटौंडा–८ मा निर्माण गर्ने मदन फुटसलको लागि स्टेट्मेन्ट बनाई प्रस्ताब पेस गर्ने निर्णय गरेको फाउण्डेशनका अध्यक्ष खुलालले बताउनुभयो । बैठकमा फाउण्डेशनका सचिव आशाकाजी श्रेष्ठ, सहसचिव बोल बहादुर कार्की, सदस्यहरु कमल कुमार बिश्वकर्मा, गणेश कुमारी प्रधान, मुकुन्द अधिकारी, भवानी शर्मा, उत्तम शर्मा न्योपाने, युक्तलाल बिश्कर्मालगायतको उपस्थिती थियो ।