हेटाैंडा– मकवानपुरमा बुधबार साँझ थप २४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । बुधबार साँझ प्राप्त रिपोर्ट अनुसार ९ महिला र १५ पुरुष गरि २४ जनामा संक्रमण पुष्टी भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिनुभयाे ।
कार्तिक २६ गते संकलन गरिएको स्वाबको हेटौँडा-१० स्थित किटजन्य रोग तथा तालिम केन्द्रमा गरिएको ६२ जनाको परीक्षणमा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभयाे । यसअघि बुधबार विहान मकवानपुरमा २७ जनामा कोरोना पुष्टि भएको थियो । यो संगै मकवानपुरमा बुधबार मात्रै ५१ जनामा संक्रमण पुष्टि भएको छ ।