file photo

हेटाैंडा– मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले विदेशबाट आएकाहरुको ज्वरो जाच्ने कार्य सुरु गरेको छ । गाउँपालिकाले बिहिबारबाट वडा नम्बर २ कुलेखानीको १ जनामा ज्वरो जाँच गरी कामसुरु गरेको हो ।

आज शुक्रबारबाट गाउँपालिकाको ५ वटै वडामा रहेका विदेशबाट आएका नागरिहरुको घरघरमै पुुगेर ज्वरो जाँच गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिनुभएकाे छ । गाउँपालिकासँग ज्वरो जाँच्ने मेशिन नहुँदा ज्वरो जाँच्ने काम गर्न नसकिरहेको अवस्थामा गाउँपालिकालाई २ थान ज्वरो जाच्ने मेशिन प्राप्त भएपछि सो कार्य सुरु गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयाे ।