हेटाैंडा– मकवानपुरकाे थाहा नगरपालिकाले बृद्धबृद्धा, दीर्घ रोगीहरुले नियमिति सेवन गर्ने र नगरपालिका क्षेत्रमा उपलब्ध नहुने औषधिका लागि दौडधुप गर्न नपर्ने व्यवस्था गरेकाे छ । त्यस्ता बिरामीका लागि नगरपालिकाले औषधि सम्बन्धीत वडामै पु¥याउने व्यवस्था गर्ने भएको हाे ।

ति विरामीहरुले लाग्ने रकम र औषधिको विवरण आफ्नो वडा कार्यालयहरुमा टिपाएपछि नगरपालिकाले अन्यत्रबाट उक्त औषधि झिकाउन समन्वय गर्ने निर्णय भएको मेयर लबशेर बिष्टले जानकारी दिनुभयाे । लामो समयसम्म लकडाउन हुँदा नियमित औषधि सेवन गर्नेहरुको समस्यालाई सहजीकरण गर्न नगरपालिकाले यो कामको शुरु गरेको विष्टले जानकारी दिनुभयाे । ‘सेवन गरिरहेको औषधि स्थानीय क्षेत्रमा नपाउँदा बढेको जोखिमलाई कम गर्न यस्तो कामकोे थालनी गरिएको हो’ प्रमुख विष्टले भन्नुभयाे । लकडाउनका बेला औषधि लिन जान नपाएर नागरिकले ज्यानसम्म गुमाउनु पर्ने हुन्छ त्यसैले वडा मार्फत विवरण संकलन गरी स्वास्थ्य शाखाको संयोजनमा औषधिकाे व्यवस्थापन गरिने उहाँले बताउनुभयाे । यसका लागि थाहा नगरपालिकाले वडामा विवरण संकलन गर्ने व्यवस्थाको लागि परिपत्र गरिसकेको उहाँले बताउनुभयाे ।  

थाहा नगरपालिकामा मुटुरोगी, मानसिक रोगीलगायतका कडा रोगीहरु रहेका छन् । उनीहरु दैनिक औषधि सेवनमा रहेको स्वास्थ्य शाखा संयोजक मेघराज बलामीले जानकारी दिए ।