हेटाैंडा– प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइका प्रधानमन्त्रीसँग नेपाली श्रमिकको अवस्थाबारे बुझ्नुभएको छ । शनिबार बहराइनका प्रधानमन्त्रीसँग टेलिफोनमा कुरा गर्दै प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपालीबारे चासो राख्नुभएको हो ।
प्रधानमन्त्री ओलीले ट्वीटर ह्याण्डल मार्फत कोभिड १९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको देशका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा शनिबार बहराइनका प्रधानमन्त्रीसँग कुराकानी गरेको उल्लेख गर्नुभएको छ । यो अप्ठेरो समयमा नेपाली श्रमिकका लागि बहराइनबाट प्राप्त सहयोगका लागि उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ । बहराइनमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म त्यहाँ १२ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ । साथै, अन्य देशका राष्ट्र प्रमुखसँग पनि संवाद गर्ने प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ ।
कोभिड-१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमंत्रीसँग फोन संबाद गरें।त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगकालागि धन्यबाद ज्ञापन गरें।
— K P Sharma Oli (@kpsharmaoli) April 4, 2020