हेटौंडा– मकवानपुरमा आज थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५२ जनाको कोरोना परिक्षण गरिएकोमा २९ जनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
पुष्टि हुनेमा २२ जना हेटौंडा उपमहानगरपालिकाका,२ जना भीमफेदी गाउँपालिका वडा नंबर ४ का र १ जना मनहरी गाउँपालिका वडा नंबर ३ का रहेका छन् । यसैगरि ४ जना हेटौंडा बस्ने जिल्ला बाहिरका रहेका छन् । जसमा २ जना बारा र नुवाकोटका एक जना रहेका छन भने एक जना भारतीय रहेका छन् ।