रौतहट – रौतहटमा कोरोना सङ्क्रमण देखिएको क्षेत्रमा सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर सङ्क्रमण देखिएको ठाउँमा सिल गरेको जानकारी दिनएको छ । कोरोना भाइरसको सङ्क्रमण अरुमा पनि फैलने सक्ने भन्दै सिल गरेर निगरानी बढाएको जिल्ला प्रशासनले जनाएको छ ।

रौतहटको वृन्दावन नगरपालिकाको वार्ड नम्बर ९ को भुसहा र देवाही गोनाही नगरपालिकाको वडा नम्बर १ मा गरी दुई जनामा आज कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको हो । उनीहरुलाई वीरगंजको  नारायणी अस्पतालमा उपचारका लागि लगिंदैछ । वृन्दावन ९ भुसहाका २४ वर्षीय युवक भारतबाट आएर चन्द्रपुरको क्वरेण्टीनमा १५ दिन बसेर गएको वैशाख ६ गते नै डिस्चार्ज हुनुभएको थियो । गएको चैत २६ मा उहाँको स्वाब लिइएको र जनकपुरले नेगेटिभ देखाएपछि घर फर्काइएको थियो ।

यस्तै, देवाही गोनाहीमा रहेको धरहरीको क्वारेन्टाइनमा बसेका ३५ वर्पीय युवक भने क्वरेण्टीनमा नै रहेका देवाही गोनाही नगरपालिकाका स्वास्थ्य संयोजक नागेन्द्रप्रसाद कुशवाहाले जानकारी गराएका दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ५४ पुगेको छ भने १६ जना उपचार पछि निको भएका छन् ।