मकवानपुर– हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९, मा शनिबारबाट “अरेन्ज हाउस क्याफे एण्ड रेस्टुरेन्ट” सञ्चालनमा आएको छ । हेटौंडा–९, कै युवाहरुले सामुहिक रुपमा पुर्वपश्चिम राजमार्गबाट करीब तीनसय मिटर भित्र हेटौंडा–९, सिमेन्टरोडमा शनिबारबाट क्याफे सञ्चालनमा ल्याएका हुन् ।

क्याफेको शनिबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले उट्घाटन गर्नुभएको हो । सुविधा सम्पन्न होटेलमा हरेक प्रकारका परिकारहरुको स्वाद लिन पाईने बताईएको छ । क्याफेको उदद्घाटन गर्नुहुँदै प्रमुख खुलालले युवाहरुको प्रयासले सफलता पाओस भन्ने शुभकामना दिनुभयो ।

क्याफे एण्ड रेष्टुरेन्टमा, अर्डर अनुसारको सबै प्रकारको खानेकुराको स्वाद लिन सकिने, साथै बारको समेत व्यवस्था रहेको एवम् होमडेलिभरीको समेत व्यवस्था रहेको सञ्चालकले जनाएका छन् ।