हेटौंडा । बागमती प्रदेश सरकारले आउँदो भदौ ७ गते सोमबार सार्वजनिक विदा दिएको छ । गाईजात्रा पर्वको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेको बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै जनाएको छ ।