हेटौंडा– हेटौंडा– ९ स्थित प्रगति युवा क्लबले शनिबार क्लबका महिला भलिबल टोलीलाई नगद सहित सम्मान गरेको छ । क्लबले शनिबार एक कार्यक्रमको आयोजना गरेर गत मंसिर १७ र १८ गते हेटौंडा ६ मा सम्पन्न वडा स्तरिय महिला भलिबल प्रतियोगितामा विजयी खेलाडीहरुलाई सम्मान गरेको हो ।

No description available.

हेटौंडा–६ स्थित महिला जागरण समूहको आयोजनामा भएको प्रतियोगितामा प्रगति युवा क्लबका खेलाडीहरु तृतीय हुन सफल भएका थिए । क्लबका अध्यक्ष राम प्रसाद खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि भण्डारीले बिजेता खेलाडीहरुलाई जनही एक हजार पाँच रुपैयाँसंगै मेडल, प्रमाणपत्र र खादा ओढाएर सम्मन गर्नु भएको थियो ।
प्रतियोगितामा तेश्रो भएर प्राप्त नगद पाँच हजार र ९ नम्बर वडाका वडा सदस्य एवम् वडा खेलकुद समितिका संयोजक सुकराम केसिको ब्यक्तिगत सहयोगबाट प्राप्त पाँच हजार पचास रुपैयाँ गरी दसजना खेलाडीलाई जनही एक हजार पाँच नगद प्रदान गरिएको थियो । सम्मान कार्यक्रममा वडा सदस्य लक्ष्मी नेपाली, सामुदायिक सेवा समिति एवं सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम बिस्ट लगायतको आतिथ्यता थियो ।