मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले बुधबार भुकम्पबाट क्षति भएर पुनर्निर्माण भएका र हुँदै गरेका मकवानपुरको उत्तरी क्षेत्र स्थित विभिन्न विद्यालयहरुको अनुगमन गर्नुभएको छ । प्रमुख खुलालको नेतृत्वमा गएको उत्तरी क्षेत्र स्थित भिमफेदी र ईन्द्रसरोवर गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न विद्यालयहरुको स्थलगत अनुगमन गरेको हो ।

टोलीले भुकम्प पुनर्निमार्ण प्राधिकरण जिल्ला आयोजना ईकाई (शिक्षा) द्धारा विद्यालय व्यवस्थापन समिति मार्फत निर्माण भएको र निर्माणाधिन भिमफेदी–२, स्थित कृष्ण मावी भैसेको ४ कोठे भवन, भिमफेदी–६ स्थित बटुक भैरब आधारभुत विध्यालयको ३ कोठे भवन र थाहा नगरपालिका–१० टौखेल स्थित नाटेश्वर माविको ४ कोठे भवन, थाहा–६, बज्रबाराही (फर्सिखेल) स्थित बज्रबाराहि माविको ११ कोठे भवन र थाहा–१ कुन्छाल स्थित सुनौला माविको ४ कोठे विद्यालय भवनकोस्थलगत अनुगमन गरेको हो । उक्त विध्यालय मध्ये थाहा–६, बज्रबाराही (फर्सिखेल) स्थित बज्रबाराहि माविको ११ कोठे भवन जाईकाको ऋण सहयोगमा र अन्य भुकम्प पुनर्निमार्ण प्राधिकरण जिल्ला आयोजना ईकाई (शिक्षा) द्धारा विद्यालय व्यवस्थापन समिति मार्फत निर्माण भईरहेका हुन । अनुगमनका क्रममा प्रमुख खुलालले विद्यालय निर्माणसंगै शैक्षिक सुधारमा लाग्न सुझब दिनुभयो ।
सो क्रममा अनुगमन टोलीले स्थानीय तहहरुका प्रमुख÷उपप्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतहरुसंग भेटेर विद्यालयहरुको पुननिर्माणमा ध्यान दिन सार्थै बनिसकेका संरचनाको उचित उपयोग र संरक्षणमा ध्यान दिन समेत आग्रह गरेको छ । यस्तै अनुगमनका क्रममा प्रमुख खुलालले स्थानीय तहहरुको नदिजन्य पदार्थको स्टक प्रमाणिकरणको अवस्था तथा आगामी ठेक्का बन्दोबस्तीको तयारीका बारेमा जानकारी लिनुका साथै शैक्षिक सहयोग अक्षयकोषलाई अगाडी बढाउने विषय र यस वर्षबाट छात्रबृति वितरण गर्ने तयारी रहेको विषयमा जानकारी दिनुभएको थियो ।

अनुगमनकै क्रममा तत्कालिन जिल्ला विकास समितिद्धारा ठेक्का बन्दोबस्ती भई निर्माण सुरु भएको ८ वर्ष बिति सक्दा समेत सम्पन्न हुन नसकेको थाहा नगरपालिका स्थित जनकल्याण माविको ठेक्का तोडिएको हुँदा पुन ठेक्का बन्दो बस्ती गर्ने विषयमा नगरपालिकाका मेयर एवम् प्मुख प्रशासकिय अधिकृतसंग छलफल गर्नुभएको थियो । टोलिमा भुकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा ) का प्रमुख बद्री बहादुर पाठक, प्राविधिक दिनेश कुमार यादव, नायब सुब्बा दिनेश लम्साल, जिससका नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायतको सहभागीता रहेको थियो ।