हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी एमाले ईन्द्रसरोबर ४ नंबर वडाले आफ्नो गाउँपालिका भित्रका कम्युनिस्ट नेता–कार्यकताहरु लाई सम्झिदै पार्टीलाई विभिन्न परिस्थितिमा विषेश सहयोग र योगदान गरेको भन्दै सम्मान गरेको छ । पुस १७ गते शनिबार वडाको फाखेलमा एक कार्यक्रम गर्दै जटिल परिस्थिति,भूमिगतकाल र सामान्य परिस्थिति,खुल्लाकालमा पार्टीमा संगठित रहँदै जिम्मेवारी बहन गर्दै विषेश योगदान गर्ने पुराना कम्यिुनिस्ट नेता–कार्यकर्ता १ सय ४४ जनालाई सम्मान गरेको हो ।

एमाले केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेशको निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा विस २०३३ साल भन्दा अघिका पुराना कम्यिुनिस्ष्ट नेता स्वर्गिय वीर बहादुर लामा देखि,२०३३ साल देखि २०४६ सम्मका पुराना कम्यिुनिस्ट ९१ वर्षीय सानुकान्छा लामा,धिराज बल लामा (किरण सेल्टर दाता),ठुली बल (पार्टीका आमा) देखि २०४६ साल भन्दा पछाडी हाल बागमती एमाले प्रदेश सदस्य सुवास चन्द्र ठकुरीसम्मका १ सय ४४ जना नेताहरुलाई सम्मान गरेको हो ।

उनिहरुलाई कम्युनिस्ट आन्दोलनको विभिन्न परिस्थितिमा सहयोग र योगदान गरेको भन्दै सयपत्रिको माला र सम्मान पत्र हस्तान्तरण गर्दै सम्मान गरिएको हो । उनिहरुलाई एमाले उपाध्यक्ष शाक्य,एमाले केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर राना,एमाले बागमती उपसचिव महेश बर्तौलाले सम्मान गरेका हुन् ।कम्यिुनिस्ट आन्दोलनको विभिन्न परिस्थितिमा सहयोग र योगदान गरेकाहरु कतिपय दिवंगत भईसकेका छन् । वडाले उनिहरुको सहयोग र योगदानको कदर गर्दै उनिहरुको परिवारलाई उक्त सम्मान पत्र हस्तान्त्ररण गरेको हो ।
कार्यक्रममा बोल्दै एमाले बागमती प्रदेश सदस्य सुवास चन्द्र ठकुरीले एमाले कम्युनिस्ट आन्दोलनको मूल धार र शक्तिशाली पार्टी भएको बताए । उनले आन्दोलनलाई अगाडी बढाउन वृद्धा,अपाङ्ग,एक महिला देखि किसान,मजदुर,श्रमजीवि,विद्यार्थीको महत्वपूर्ण योगदान रहेको बताउँदै एमालेले योगदानको कदर गर्दै सम्मान गरेकोमा खुशि व्यक्त गरे ।

उनले कम्युनिस्ट आन्दोलनको क्रममा विसं २०३३ सालमा नख्खु जेल ब्रेक गरेर फाखेल आएका केन्द्रीय नेताहरुलाई फाखेलले संरक्षण गरेर कम्युनिस्ट आन्दोलनलाई महत्वपूर्ण योगदान गरेको स्मरण गरे । उनले ईन्द्रसरोबरले फाखेल,कुलेखानी,सिस्नेरीले नख्खु जेल ब्रेक अघि र पछिको कम्युनिस्ट आन्दोलनलाई महत्तवूर्ण सहयोग र योगदान गरेको बताए । उनले भनेः कम्युनिस्ट पार्टीको एतिहासिक स्थल,कम्युनिस्ट पार्टीलाई बचायर राखेको स्थल,पार्टीलाई माया गर्ने जर्गेना गर्ने ,कम्युनिस्ट पार्टीको उर्वर भूमि,अगाडी बढाउने स्थल,म यहाँ आउने गर्दा गर्व गर्ने गर्छु ।
उनले भूमिगतकाल,निरंकुश पञ्चायती विरुद्धमा फाखेलले कम्युनिस्ट आन्दोलनलाई जनताको बिचमा विचारलाई स्थापित गर्न देखि संगठन विस्तारलाई महत्तवपूर्ण योगदान गरेको बताए । उनले फाखेलले कम्यनिस्ट आन्दोलनलाई साथ दिँदा राजतन्त्र फाल्न र गणतन्त्र ल्याउन सफल भएको देखि जनताको संविधान बन्न सफल भएको बताए । उनले जनतालाई खुसी र सखी बनाउन एमालेले आफ्नो गाउँ आफै बनाऔं देखि समृद्ध नेपाल सुखी नेपालीको अभियानमा अघि बढिरहेको र विभिन्न विकास निर्माणको कामहरु गरेको र गरिरहेको बताए ।
उनले एमालेलाई सरकारमा चौतर्फी घेराबन्दी गर्दै विकासका कामहरु गर्नबाट रोक गरेको बताए । उनले एमालेको सूर्य चुनाव चिन्ह लिएर विजयी भएर पार्टी र जनताको विश्वासलाई धोका दिएर चोईटिएको बताए । उनले एमाले सरकारमा रहँदा चीनसँगको ऐतिहासिक पारवान सम्झौता,रेलमार्गको डिपिआर, पाईपलाईनबाट पेट्रोल ल्याउन कामदेखि गुमेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा सार्वजनिक गर्नेसम्म महत्वपूर्ण काम गरेको बताए । उनले आफ्नो कार्यकालमा उत्तरी मकवानपुरमा यातायात,शिक्षा र स्वास्थयको क्षेत्रमा महत्वपूर्ण कामहरु भएको बताए । उनले आउँदो स्थानीय,प्रदेश र केन्द्रको निर्वाचनले एमाले पुनः सरकारमा जाने र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्ने विश्वास व्यक्त गरे ।
जनताको सरकारलाई परमादेशाको माधयमबाट ढाल्ने काम भयोः उपसचिव महेश कुमार बतौला
कार्यक्रममा बोल्दै एमाले बागमती प्रदेश उपसचिव महेश बतौलाले जनताबाट बनेको सरकारलाई विकास विरोधी दलहरुले विदेशी शक्ति र अदालतको परमादेशबाट ढाल्ने काम भएको बताए । उनले हाल नेपाली कांग्रेस,माओवादी,एकीकृत समाजवादीको गठबन्धनको सरकार जनविरोधी भएको टिप्पणी गरे । उनले आदलतले परमादेश मार्फत एमालेको सरकारलाई ढालेर जतनाको समृद्धिको सपना माथि बज्रपात गरेको बताए । उनले एमाले माथि विभिन्न घेराबन्दी,षणयन्त्र र मोचाबन्दी भएको बताउँदै यस विरुद्ध पार्टीको सम्पूर्ण संगठन परिचालित हुनुपर्ने बताए ।

मकवानपुरमा पहिलो शक्तिको रुपमा एमालेलाई निरत्तर स्थापित गर्छौ : केन्द्रीय सदस्य रामेश्वर राना
एमाले केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर रानाले नेकपा एमाललेलाई मकवानपुरमा पहिलो शक्तिको रुपमा निरत्तर स्थापित गर्ने बताएका छन् ।

शनिबार फाखेलमा एमाले ईन्द्रसरोबर ४ नंबर वडा कमिटीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ईन्चार्ज रानाले जिल्लामा एमाललेलाई निरन्तर पहिलो शक्तिको रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले देशमै एमाले पहिलो पार्टी भएको र मकवानपुरमा पनि पहिलो पार्टी भएको र आउँदो दिनहरुमा पनि पहिलो पार्टीको रुपमा स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले आउँदो स्थानीय,प्रदेश र केन्द्र तीनै तहको निर्वाचनमा मकवानपुरमा एमाले विजयी बनाउन पार्टीका गतिविधिहरु बढाईने बताए ।
कार्यक्रममा बोल्दै उनले नख्खु जेल ब्रेक गरेर निस्केको कमयुनिष्ट शक्ति पुञ्ज आज मेचि महाकाली,हिमाल पहाड र तराई देशभर फैलिएको बताए । उनले एमाले राष्ट्रिय राजनीतिको मूल शक्ति भएको बताउँदै देशभर एमालेको जनलहर आएको बताए । उनले विस २०३३ सालमा नख्खु जेल ब्रेक गरेर निस्केका कम्युनिस्ट नेतृत्वहरुलाई संरक्षण दिने फाखेलका सम्पूर्णलाई सम्मान व्यक्त गरे । उनले एमालेको जनताको बहुदलीय जनवाद (जवज) ले समृद्ध नेपाल सुखी नेपालीको अभियानको आकांक्षा पुरा गर्ने बताए । उनले एमालेको चौतर्फी घेराबन्दी भईरहेको बताउँदै अब यस विरुद्धको षणयन्त्रलाई तोडेर अघि बढ्ने बताए ।
बागमती सरकार जनताको हितमा छैन्,खर्च बढाउने काम मात्र गर्योः निर्वतमान मुख्यमन्त्री शाक्य
एमाले केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेशको निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेश सरकारले मन्त्रालय फुटाएर जनताको हित विपरित काम गरेर खर्च बढाउने काम गरेको टिप्पणी गरेकी छन् ।

मकवानपुरको फाखेलमा एमाले ईन्द्रसरोबर गाउँपालिका ४ नंबर वडा कमिटीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान मुख्यमन्त्री शाक्यले प्रदेश सरकाले भागबन्डाको नाममा मन्त्रालयहरुलाई टुक्राएर खर्चहरु बढाउने र जनतालाई थप आर्थिक भार हुने काम मात्र गरेको बताईन् । उनले अहिलेको प्रदेश सरकारले खर्च मात्र बढाउन र आफ्नो स्वार्थ पुरा गर्न मन्त्रालयहरु थप गरेको बताईन् । उनले भनिन्ः अहिलेको बागमती प्रदेश सरकाले आफ्नो स्वार्थ पुरा गर्न मन्त्रालयहरु मात्र बढाईरहेको छ । खर्च बढाईरहेको छ । जनताको हितमा छैन् । यो अत्यन्तै गलत काम हो । यसले मुलुकलाई अगाढी बढाउन सक्दैन् ।
यसैगरि,कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले कम्युनिस्ट आन्दोलनमा नख्खु जेल ब्रेक गरेर निस्केका नेताहरुलाई फाखेलले संरक्षण दिएको भन्दै सम्मान व्यक्त गरिन् । उनले केहि महिनामै आफुहरुले संघर्षशिल यौद्धा पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताउँदै पुष्तकमा यहाँको कम्युनिस्ट ९१ वर्षीय सानुकान्छा लामा र स्वर्गिय वीर बहादुर लामाको योगदानको चर्चा हुने बताईन् । उनले कम्युनिस्ट आन्दोलनले देशमा आमुल परिर्वतन आएको बताईन् ।
उनले जनताको हितमा काम गर्ने पार्टी एमाले मात्र भएको बताईन् । उनले एमालले राष्ट्र र राष्ट्रियताको सवालमा बोल्ने देखि जनताको दुःखमा बोल्ने गरेको बताईन् । उनले स्थानीय,प्रदेश र केन्द्र तीनै तहको निर्वाचनको कुरा उठिरहेको बताउँदै तयारी अवस्थामा रहनुपर्ने बताईन् । उनले पार्टीको सबै संगठनहरुलाई बलियो बनाउन र निर्वाचनको तयारी अवस्थामा रहन निर्देशन दिईन् ।
ईन्द्रसरोवर ४ मा युवा संघ र अनेमसंघ वडा कमिटी गठन
ईन्सरोबर गाउँपालिका वडा नंबर ४ मा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अखिल नेपाल महिला संघ (अनेमसंघ) वडा कमिटी गठन भएको छ ।

शनिबार फाखेलमा भएको एक कार्यक्रममा लिला बहादुर डिम्डुङ्गको अध्यक्षतामा १ सय ७ सदस्सीय वडा कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा निराजन तामाङ,सचिवमा प्रेम रुम्बा,सहसचिवमा राजेन्द्र मोक्तान र कोषाध्यक्षमा विकाश लामा चयन भएका छन् ।
यसैगरि कार्यक्रममा रिता थिङको अध्यक्षतामा कमिटी गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) को वडा कमिटीमा २५ सदस्सीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा निर्मला रुम्बा,सचिवमा रविना डिम्डुङ्ग चयन भएकी छन् । उनिहरुलाई एमाले केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शपथ गराएकी थिईन् ।

एमाले ईन्द्रसरोवर ४ नंबर वडा कमिटीका अध्यक्ष चन्द्र कुमार बलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर राना,एमाले बागमती प्रदेश उपसचिव महेश बर्तौला,प्रदेश सदस्य सुवास चन्द्र ठकुरी,बागमती सम्पर्क मंच कमिटीका अध्यक्ष अशोक कुमार ठकुरी,एमाले ईन्द्रसरोवर अध्यक्ष देवकृष्ण पुडासैनी,एमाले जिल्ला सदस्य एवं ईन्द्रसरोवर गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामा,एमाले मकवानपुर सदस्य प्रताव बोम्जन,राजुमान महर्जन,ऋषि पुडासैनी,चिरनजिवि पौडेल,नारायण रिजाल,राजन ठकुरी लगाएत एमाले ईन्द्रसरोवर गाउँपालिका कमिटी र ४ नंबर वडा पदाधिकारी लगाएतको सहभागिता रहेको थियो । खबरब्रेकबाट साभार ।