मकवानपुर– मकवानपुरमा शनिबार विहानै थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापित प्रादेशिक कोरोना प्रयोगशालाबाट प्राप्त रिपोर्ट अनुसार शनिबार बिहान ६ जना पुरुष र ६ जना महिलामा संक्रमण देखिएको हो ।
शनिबार हेटौंडा उपमहानगरक्षेत्रका ८ जना, मनहरी गाउँपालिकाका १ जना र जिल्लाबाहिरका ३ जना गरि थप १२ जनामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरिक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । शुक्रबार संकलित स्वाब नमूना को नतीजा शनिबार बिहानै प्राप्त भएको हो । यस अघि शुक्रबार साँधm पनि मकवानपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।