मकवानपुर । बागमती प्रदेश सरकार अन्तर्गत रहेको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति डाक्टर प्रदिप ज्ञवालीले सपथ ग्रहण गर्नुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शुक्रबार एक समारोहकाबीच ज्ञवालीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।
सपथग्रहण कार्यक्रममा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री, मन्त्रीहरु, सचिबहरु लगायतकाको उपस्थिती रहेको थियो । बुधबार बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठानको उपकुलपतिमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
नब नियुक्त उपकुलपति ज्ञवालीले शुक्रबार नै मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रजिस्ट्रारमा भिमसागर गुरागाई र संयोजकमा चिरञ्जीवी चुडाललाई नियुक्त गर्नुभएको छ । उपकुलपति डाक्टर ज्ञवालीले रजिस्ट्रार गुरागाई र संयोजक चुडाललाई सपथ समेत गराउनु भयो ।