मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावलाई दृष्टिगत गरेर जनकपुरधाम जयनगरसम्म सञ्चालनमा रहेको ब्रोडगेज रेल सेवा भोलिदेखि चार दिनका लागि बन्द हुने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालन निरञ्जन झाले आज सूचना जारी गर्दै चुनावका कारणले भोलि मङ्सिर १ गतेदेखि ४ गते आइतबारसम्मको सम्पूर्ण सेवा बन्द हुने भएको जानकारी दिनुभयो ।
मङ्सिर ५ गतेदेखि पुनः नियमित रुपमा रेल सेवा सञ्चालन हुने प्रबन्ध सञ्चालक झाले जानकारी दिनुभयो । जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सेवा सञ्चालनमा रहेको छ । दैनिक रुपमा दुई पटक जनकपुरधामबाट सञ्चालन हुने गरेको छ । शान्ति सुरक्षाका लागि नेपाल भारतको सीमा नाका मङ्सिर १ गतेदेखि ४ गतेसम्म सिल रहने भएकाले रेल सेवा बन्द गरिएको छ । दुई देशका सुरक्षा अधिकारीहरूको भारतको मधुबन्नी जिल्लाको जयनगरमा भएको संयुक्त बैठकबाट मङ्सिर ४ गते हुने चुनावलाई दृष्टिगत गरेर सीमा नाका बन्द गर्ने निर्णय गरेका थिए । त्यस कारणले रेल सेवा पनि बन्द गरिएको छ । जनकपुरधामबाट भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हँुदै आएको छ ।