हेटौंडा । उच्चअदालत पाटन हेटौंडा इजलासले हेटौंडा उपमहानरपालिका–१० टिसिएन रोड क्षेत्रमा सडकको दायाँबायाँ फलामे बार निर्माण कार्य रोक्नका लागि जेठ १८ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई नरन्तरता दिएको छ । न्यायाधीश यमुना भट्टराई र मीना गौतम सेडाईँको संयुक्त इजलासले जेठ १८ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरेको हो ।
हेटौंडा उपमहानगरपालिकालाई विरुद्ध बनाई दायर रिटमाथि बिहीबार न्यायाधीश यमुना भट्टराई र सानुमैया डंगोलको संयुक्त इजलासले अदालतको अवहेलनासम्बन्धी मुद्दामा निवेदकको माग बमोजिम अदालतको अवहेलनामा किन कारबाही गर्नु नपर्ने हो ? भनी जवाफ माग गरेको छ । कारबाही नगर्नुपर्ने भए त्यसको मनासिब कारण र आधार तथा प्रमाण राखी ७ दिनभित्र जवाफ पेस गर्न भनिएको छ ।
अदालतले टीसीएनरोड क्षेत्रमा निवदेकको जग्गा तथा घरमा प्रवेश गर्न असर पर्ने गरी फलामको पोल, फलामको रेलिङ लगाउने कार्य नगर्न÷नगराउन जेठ १८ गते आदेश गरेको थियो । अदालतको आदेशको अवहेलना गर्दै वडा कार्यालयले प्रहरी परिचालन गरी निर्माण कार्यलाई निरन्तरता दिएपछि स्थानीय दुई दर्जनभन्दा बढी घरधनीले केहीदिन अघि संयुक्त रुपमा पत्रकार सम्मेलन गरी निर्माण कार्य रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।