नेपाल विश्वका अरु देशहरुको तुलनामा भूकम्पीय जोखिमका दृष्टिकोणबाट ११औँ स्थानमा रहेको विभिन्न अध्ययनहरुले जनाएका छन् ।
तातो अर्धतरल सतहमाथि तैरिइरहेका इन्डियन प्लेटहरू र युरोसियन प्लेटहरु आपसमा टकराव हुँदा हिमालय क्षेत्रको जमिनमुनि शक्ति थुप्रन्छ । त्यही शक्ति बाहिर निस्कन भूकम्प जाने विज्ञहरु बताउँछन् ।
आठ सय वर्षको इतिहासलाई हेर्दा कहिले सानो भूकम्प आएर जिस्काउँछ । कहिले मझौला भूकम्पले तर्साउँछ । पटक पटक ठूलो भूकम्पले विध्वंस मच्चाएको छ ।
आठ सय वर्षयताका ठूला भूकम्पहरुको नालीबेली हेर्नुहोस् :