हेटाैंडा । मकवानपुरको थाहानगरको चित्लाङमा सञ्चालित २७ औं जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि विनयबाबु स्मृति प्रतिष्ठानले हात पारेको छ । थाहा २ को विनयबाबु स्मृति प्रतिष्ठानले हेटौंडाको छहारी युवा समाजलाई २५–१९,२५–२२ र २७–२५ को सोझो सेटमा पराजित गर्दै उपाधि कब्जा गरेकाे हाे ।
प्रतियोगितामा विजयी विनयबाबु स्मृति प्रतिष्ठानले नगद ६० हजार १ रुपियाँँसहित शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता छहारी युवा समाज हेटौंडाले नगद ३० हजार रुपियाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा तेस्रो हुने खेलकुद विकास समिति चित्लाङले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा मकवानपुर जिल्लाका १५ वटा टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको बिधागत पुरस्कार तर्फ वेस्ट स्पाइकर छहारीका निश्चल रानामगर, वेस्ट सेटर पनि छहारीकै निश्चल काउचा घोषित भए । त्यस्तै वेस्ट लिबेरो विनयबाबुका उज्वल लामा, बेस्ट ब्लकर विनयबाबुका उपास विष्ट र वेस्ट प्लेयर निराजन गुरुङ र वेस्ट कोच विनयबाबुकै शंकर कार्की घोषित भएका थिए ।