मकवानपुर– नेपाल कम्युनिष्ट पाट्री (नेकपा) मकवानपुरले बिहीबार (भोली) हेटौंडामा बृहत कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ । नेकपा मोर्चा संगठनहरुको संयुक्त आयोजनामा बृहत जिल्ला कार्यकर्ता भेला गर्न लागिएकाे हो ।
पार्टीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पछिल्लो राजनैतिक घटनाक्रमका बारेमा कार्यकर्तालाई जानकारी दिईने बताईएको छ । नेकपा सम्बद्ध युवा संघ, अनेम संघ, अनेरास्ववीयु, खेलकुद महासंघ मजदुर संगठन र किसान संगठनको संयुक्त आब्हानमा भेला आयोजना गरिएको युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले बताउनुभयो । सबै संगठनका अध्यक्षहरुको सामूहीक बैठकले भेला आयोजना गर्ने निर्णय गरेको हुँदा भेलामा सहभागीताका लागि अनुरोध गरिएको चौलागाईले बताउनुभयो । कार्यक्रममा युवासंघका केन्द्रीय सहसंयोजक रमेश पौडेलको समेत सहभागिता रहनेछ । भेला हेटौंडा–४ स्थित क्लब हेटौँडामा विहान ११ वजेबाट सुरु हुने बताईएको छ ।