मकवानपुर – कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत वन विज्ञान संकायमा ४ वर्षे स्नातक तह अध्ययनका लागि विद्यार्थीले शनिबार हेटौंडामा प्रवेश परीक्षा दिएका छन् । वन विज्ञान संकाय डीनको कार्यालयले कुल १९० सिटका लागि प्रवेश परिक्षा लिएको हो ।
हेटौंडास्थित केन्द्रीय क्याम्पस, उदयपुरको कटारीस्थित आंगिक क्याम्पस र नवलपुर जिल्लास्थित सिद्धान्त कलेजमा कृषि तथा वन विज्ञान विश्वविद्यालयको वन संकायअन्तर्गत ४ वर्षे स्नातक तहमा वन विज्ञान विषय अध्यापन हुन्छ । हेटौंडास्थित वन विज्ञान क्याम्पसमा ९० जना, कटारी र सिद्धान्त कलेजमा ५०÷५० गरी कुल १९० जना विद्यार्थीले स्नातक तह अध्ययनका लागि प्रवेश परिक्षा दिएका हन् । प्रवेश परीक्षामा सहभागी हुन कुल ८५१ जना विद्यार्थीले आवेदन दिएका मध्ये ३३ जना विद्यार्थी अनुपस्थित भएका छन् । प्रवेश परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने तयारी गरिएको छ ।