हेटौंडा– कम्प्युटर एसोसीयशन अफ नेपाल (क्यान) ले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) बाट जोगिन अपनाउनु पर्ने सर्तकताका बारेमा अन्तरकृया गर्ने भएको छ । क्यान महासंघको प्रदेश तथा जिल्ला सामाजिक गतिविधि कमिटीको आयोजनामा कोरोना भाइरस संक्रमणको महामारीको समयमा कार्यालय तथा घरमा अपनाउनुपर्ने सुरक्षा तथा सतर्कता बारेमा भाेलि शिनबार एक दिने अन्तरक्रिया गर्ने भएको हो ।
कोरोना भाइरसको महामारीका कारण नेपालसहित विश्वभरी लगाइएको निषेधाज्ञा र लकडाउन खुकुलो भएर सर्वसाधारण आफ्नो नियमित काममा फर्किरहेको अवस्थालाई मधयनजर गर्दै संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न आगामी शनिबार अर्थात असोज १७ गते भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रममा एक हजारभन्दा बढीले सहभागिता जनाउने साथै कार्यक्रममा अन्तर्राष्ट्रिय संघ, संस्थाहरुबाट मान्यता प्राप्त विज्ञको टोटीले अभुमुखीकरण गर्ने कमिटीका संयोजक भुपाल दास श्रेष्ठले बताउनुभएको छ । कायर्कममा क्रिटिकल केयर र संक्रामक रोगबारे डाक्टर प्रभात अधिकारी र मनमोहन अस्पतालकी संक्रमण नियन्त्रण इन्चार्ज समीक्षा कोइरालालगायतले अभिमुखिकरण गराउनु हुने उहाँले बताउनुभयो । श्रेष्ठका अनुसार कार्यक्रम कोरोना भाइरस महामारीको समयमा पनि आफ्नो कार्यालय र घरमा काम गर्ने बेला अपनाउनुपर्ने सुरक्षा र सतर्कताका बारेमा केन्द्रित हुनेछ ।
“विश्व स्वास्थ्य संगठन र अन्य स्वास्थ्य निकायले समेत कोरोनाको अन्त्य कहिल्यै नहुन सक्ने संकेत दिएपछि सर्वसाधारणले कोरोनासँगै जीवन बिताउने सोच बनाउँदै अगाडि बढ्न थालेका छन्,’ श्रेष्ठले भने, । यता, नेपाल लगायत संसारका अन्य मुलुकले लामो समयदेखि लागु गरेर राखेको निषेधाज्ञा र लकडाउनलाई समेत खुकुलो पारेका छन् । यस्तो समयमा आफूलाई कसरी सुरक्षित राख्न सकिन्छ भनी अन्तरक्रिया गर्न लागिएको हो । दैनिक धेरै व्यक्तिसँग सम्पर्क गरेर काम गर्नुपर्नेहरुका लागि यो अन्तरक्रिया महत्वपूर्ण हुने विश्वास लिईएको छ ।