हेटौंडा । हेटौंडा–९, स्थित संवेदनशील टोल विकास संस्थाको ११औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नबराज कोइरालाको सभाध्यक्षता एवम् ९ नम्बर वडा अध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यतामा साधारण भएको हो ।

कार्यक्रममा प्रमुख आतिथि केसीले वडा कार्यालयले गर्ने हरेक कृयाकलापमा टोलविकासलाई सहभागि गराउने गरिएको बाउनुभयो । टोल विकासको सहयोग विना वडाले कुनै पनि काम गर्न नसक्ने उहाँको भनाई थियो । उहाँले वडाले गरेका भौतिकलगायत अन्य सामाजिक कामको प्रचार गरिदिन समेत टोल विकास समितिलाई आग्रह गर्नुभयो । “हामीले हरेक काम टोल विकासको सहयोग र सहकार्यमा गर्दै आएका छौं, वडामा यतिका धेरै काम भएको छ, तर तपाईहरु भन्न किन डराउनुहुन्छ, गरेको कामको बारेमा भन्ने गर्नुहोस । –उहाँले भन्नुभयो ।
साधारण सभामा अध्यक्ष नवराज कोईराला संस्थाको प्रगती प्रतिवेदन र कोषध्यक्ष किशोर अर्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतिवेदन सभाबाट उठेका जिज्ञासाको संबोधनसहित सर्वसम्मत पारित भएको थियो । साधारणसभा टोलका जेष्ठ नागरिक छत्रबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख भिम तिमल्सिना, टोल विकास नगर समन्वयका सदस्य केशव अर्याल, नगर सदस्य तथा हेटौंडा – ९ भुगोल इन्चार्ज यदुवंश खतिवडा, टोल विकास संस्था वडा समन्वयका अध्यक्ष रमिला सापकोटा, संस्थापक अध्यक्ष विष्णुमणी सिग्देल, नवदुर्गा भवानी संमरक्षण समिति व्यवस्थापन समितिका अध्यक्ष अमित श्रेष्ठ, पूर्व अध्यक्ष एवम् सल्लाहकार उमा सिग्देल, सल्लाहकार भरत प्रसाद अधिकारी, पत्रकार विश अधिकारी, संवेदनशील टोल बाल समुहका अध्यक्ष रोजन राई, टोल विकासका पदाधिकारी एवम् कार्यसमिति सदस्यलगायत टोलवासीहरुको उपस्थिति रहेको थियो ।