मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुुगेको छ । काम सम्पन्न गर्ने निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ कामलाई तीव्रता दिइएको हो ।
हाल गाउँपालिका संचालनमा रहेकै प्रंगणमा चार तले शुविधा सम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले बताउनुभयो । उहाँका अनुुसार नयाँ बन्न लागेको गाउँपालिकाको प्रशासनिक आरसिसी भवन नयाँ मापदण्डअनुुसारको बन्न लागेको हो । यस अघि ट्रष्टको भवनबाट बकैया गाउँपालिकाको कार्यालय संचालन हुँदै आएको छ ।
निर्माण कम्पनी पक्षले समयमै काम सम्पन्न गर्ने लक्ष्य र गाउँपालिकाको नियमित अनुुगमन कार्यले भवन निर्माण कार्यले तीव्रता पाएको उहाँले बताउनुभयो । निर्माण कम्पनीले ०७९ सालको जेठ ३१ गते भवन निर्माणका लागि गाउँपालिकासँग सम्झौता भए अनुसार तोकिएकै समय २०८१ जेठ ३० गते सम्पन्न गर्ने उहाँले बताउनुभयो ।
दुुई वर्षमा सम्पन्न गर्ने गरी निर्माण कम्पनी पक्ष आशिर्वाद/संजय/सुभानी जे.भी. हेटौंडा–५, मकवानपुरले गाउँपालिकासँग कुल लागत सात करोड ८२ लाख ५० हजार ७७० रुपौयाँ बजेटमा सम्झौता गरेको हो । संघीय सरकारको अनुदानमा हुन लागेको भवन निर्माणका लागि लाग्ने लागत रकम निकासामा केहि ढिलाई भएका कारण भने केहि ढिला हुने हो कि भन्ने लागेको उहाँले बताउनुभयो ।
निर्माण कम्पनी पक्षले भने समय अगावै भवन निर्माण सम्पन्न गर्ने आफ्नो लक्ष्य लिएको बताएको छ । असार मसान्तसम्म भवन निर्माण सम्पन्न गरेर गाउँपालिकालाई बुुझाउनुपर्ने सम्झौता अनुसार निर्माण कम्पनीले काम सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।