सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि भएपछि काम प्रभावित भएको छ । न्यायाधीशसहित केही अधिकृत र कर्मचारीमा कोरोना पुष्टि भएपछि दशैंअघिसम्म नै इजलास प्रभावित हुने देखिएको सर्वोच्च अदालतले जनाएको छ । अदालतका सूचना अधिकारी देवेन्द्र ढकालका अनुसार यसअघि दैनिक  ९/१० वटा इजलासमा मुद्दा सुनुवाइ हुँदै आए पनि आज न्यायाधीश मनोजकुमार शर्माको एकल इजलास मात्रै गठन भएको छ। आज बन्दी प्रत्यक्षीकरणको निवेदनमा समेत सुनुवाइ हुने छैन । कोरोना सङ्क्रमण पुष्टि भएका न्यायाधीशसहित अरु कर्मचारी आ(आफ्नो घरमै आइसोलेशनमा बस्नुभएको पनि उहाँले जानकारी दिनुभयो ।