सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा २ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार तोलामा २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा ५ रुपैयाँ बढेर तोलाको एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।