भरतपुर महानगरमा जारी मतगणनामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मेयरको उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् । वडा नम्बर ८ गणना भएदेखि निरन्तर तीन हजार बढीको अग्रता लिँदै आएकी उनले वडा नम्बर १३ को गणना भएसँगै पाँच हजार बढीको अग्रता लिएकी हुन् । अहिले वडा नम्बर १५ र १६ को गणना चलिरहेको छ ।
भरतपुरमा अहिलेसम्म भएको ७६ हजार ९५ मत गणनामा दाहालले २९ हजार ४७८ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले २३ हजार ७४५ मत प्राप्त गरेका छन् । उनीहरूबिचको मतान्तर पाँच हजार ७३३ रहेको छ । त्यसैगरी भुइँकटहर चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ३३४ मत पाएका छन् ।