स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनामा हालसम्म ६ सय ९१ वटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । प्राप्त पछिल्लो विवरण अनुसार नेपाली काँग्रेसले ३ सय ५, नेकपा एमालेले १ सय ८७, नेकपा माओवादी केन्द्रले १ सय २०, जनता समाजवादी पार्टी १९ नेकपा एकीकृत समाजवादीले ९ र अन्यले ५१ स्थानमा प्रमुख वा अध्यक्ष पदमा विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी, उपाध्यक्ष तथा उपप्रमुखमा नेपाली काँग्रेसले २ सय ८०, नेकपा एमालेले २ सय ११, नेकपा माओवादी केन्द्रले १ सय २५, जनता समाजवादी २७ र अन्यले ४७ स्थानमा विजयी हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै, वडा अध्यक्ष पदमा नेपाली काँग्रेस २ हजार ५ सय १, नेकपा एमाले १ हजार ९ सय ९७, नेकपा माओवादी केन्द्र १ हजार २३, जनता समाजवादी पार्टी २ सय ६२ र अन्य ५ सय ५१ गरी ६ हजार ३ सय ३४ जना विजयी हुनुभएको आयोगले जनाएको छ ।