एसिया कपमा नेपालसँगकाे खेलमा पाकिस्तानका कप्तान बाबर आजमले शतक बनाएका छन् । बाबरले १ सय ९ बलमा शतक बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनकाे १९ औँ शतक हाे ।
याे समाचार तयार पार्दासम्म पाकिस्तानले ४२ ओभरमा ४ विकेट गुमाएर २ सय २८ रन बनाएकाे छ । अहिले बाबरलाई इफ्तिकर अहमदले ५१ रन बनाएर साथ दिइरहेका छन् ।