१३ औं विश्वकप क्रिकेटकाे पहिलाे खेलमा साविक विजेता इग्ल्याण्डलाई साविक उपविजेता न्युजिल्याण्डले पराजित गरेकाे छ । अहमदाबाद आज भएकाे पहिलाे खेलमा न्युजिल्याण्डले इग्ल्याण्डलाई ९ विकेटले पराजित गरेकाे हाे ।
टस हारेर पहिलो व्याटिङ गरेको इग्ल्याण्डले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर २८२ रन बनाएको थियो । जवाफमा न्युजिल्याण्डले ३६ दशमलब २ ओभरमा १ विकेट गुमाएर खेल जितेको हो ।
न्युजिल्याण्डको जितमा डेभन कन्वेको १५२ रन तथा रचिन रविन्द्रको १२३ रनकाे याेगदान रह्यो । डेभन कन्वेले १२१ बलमा १९चौका र ३ छक्कासंगै नट आउट १५२ रन बनाए भने रचिन रविन्द्रले ९६ बलमा ११ चौका र ५ छक्कासंगै नट आउट १२३ रन बनाए । १ दशमलब १ ओभरमै विल योंगलाई शुन्य रनमा गुमाएकाे न्युजिल्याण्डका लागि डेभन कन्वे र रचिन रविन्द्रले उत्कृष्ट प्रदर्शन गरेर टोलीलाई जित दिलाएका हुन ।
इग्ल्याडका लागि सबै भन्दा बढि जो रुटले ७७ रन बनाए । त्यसैगरी कप्तान जस बटलरले ४३ ,जोनी बेयरस्टोले ३३ तथा ह्यारी ब्रुकले २५ रन बनाए । न्युजिल्याण्ड लागि म्याट हेनरीले १० ओभरमा ४८ रन खर्चेर सबै भन्दा वढि ३ विकेट लिए ।त्यसैगरी ग्लेन फिलिप्स र मिचेल सान्टनार दुई दुई लिए । त्यसैगरी ट्रेन्ट बोल्ट र रचिन रविन्द्रले एक एक विकेट लिए । प्रतियाेगितामा भोलि नेदरल्याडस र पाकिस्तानविच खेल हुनेछ ।