मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजासहित १ जनालाई नियन्त्रणमा लिएर आइतबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रदेश ३ प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक पवनकुमार झाको संयुक्त टोलीले जिल्लाको राक्सिराङ्ग गाऊँपालिका वडा नम्बर–१ का ३३ वर्षीय प्रकाश मोक्तानलाई सार्वजनिक गरेको हो ।
मोक्तानलाई उनको आफ्नै घरबाट लागूऔषध गाँजासहित नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरीलाई आएको विशेष सूचनाको आधारमा गत कात्तिक १ गते मोक्तानको घरमा चेकजाँच गर्दा ६ वटा सेतो बोरामा लुकाएर राखिएको लागूऔषध गाँजा १ सय २२ किलो १ सय ग्राम भेटिएको थियो । पक्राऊ परेका मोक्तानमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम दुई देखि १० बर्षसम्मको कैद सजाय र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।