मकवानपुर – नेकपा एमाले बागमती प्रदेश सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पाट्रीलाई एकताबद्ध बनाउनुुपर्ने बताउनुभएको छ । नेकपा एमाले मनहरी गाउँपािलका कमिटीको पहिलो गाउँअधिवेशनको शनिबार उद्धघाटन गर्नुहुँदै नेता खुलालले अहिलेको अवस्थामा पार्टीलाई एकताबद्ध बनाएर अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो ।

नेता खुलालले पार्टीलाई कमजोर बनाउन चौतर्फि हमला भएको अवस्थामा धैर्यताका साथ अगाडी बढ्नु पर्ने बताउनुहुँदै पाटीलार्ई एकताबद्ध बनाउन सकेमात्र पार्टीले निर्वाचनमा जित हासिल गर्ने बताउनुभयो । केहि पार्टी बिरोधि व्यक्तिहरुले भर्मको खेति गर्दै हिडेको भन्दै उहाँले त्यसलाई चिरेर अगाडी बढ्न समेत कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । नेता खुलालले लोकतान्त्रिक अभ्यास अनुसार सर्वसम्मत् नेतृत्व चयन गर्न समेत आग्रह गर्नुभयो । उहाँले सङ्गठनको काममा केन्द्रित हुन र विपक्षी गठबन्धनको भ्रम बारेमा जनतालाई प्रष्टपार्न आग्रह गर्नुभयो । उहाँले एमाले बाहेक मुलुकमा अर्को कुनै पार्टीले समृद्धि ल्याउन नसक्ने समेत बताउनुभयो ।

मनहरी गाउँपलिका कमिटी अधिवेशनका संयोजक नविन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले बागमती प्रदेश सदस्य एकराज उप्रेती, श्याम ढकाल, महेश बर्तौला, सुन्तली चेपाङ, बलराम कालाखेती, जिल्ला उपसचिव लालबहादुर थापा, जिल्ला एवम् गाउँपलिकाका कमिटी सदस्यहरुलगायत करीब ३०० कार्यकताहरुको उपस्थिी थियो ।