हेटौंडा – मकवानपुरमा नेपाल सम्वत् ११४२ मनाउन समिति गठन गरिएको छ । नेपालको मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वत् मनाउनका लागि नेवा साँस्कृतिक पुचःका अध्यक्ष विष्णुगोपाल महर्जनको संयोजकत्वमा मकवानपुरमा रहेका विभिन्न संघ, संस्थाका प्रतिनिधिको सहभागितामा मूल समारोह समिति गठन गरिएको हाे ।
यही कात्तिक १९ गते नेपाल सम्वत्को नयाँ बर्षको अवसरमा साँस्कृतिक ¥यालीको आयोजना गरिने मूल समारोह समितिका संयोजक विष्णुगोपाल महर्जनले जानकारी दिनुभएको छ । हेटौंडा बजारको पिपलबोट चोकबाट सुरु हुने साँस्कृतिक ¥यालीले हेटौंडा बजार क्षेत्रको परिक्रमा गर्नेछ । नेपाली मौलिक संस्कृति झल्कने झाँकी, बाजागाजासहितको ¥यालीमा सहभागीले हेटौंडा बजार क्षेत्रका विभिन्न चोकमा स्थानीयले सगुनले सम्मान गर्ने पनि संयोजक महर्जनले जानकारी दिनुभयो । नेपाली मौलिक सम्वत्को प्रवद्र्धनसमेत गर्ने गरी भव्यरुपमा नयाँ बर्ष मनाउन आवश्यक उपसमितिहरु पनि निर्माण गरिएको छ । नेपाल सम्वत्को नयाँ बर्षकै अवसरमा नेवारी भाषाको पत्रिका हेटौंडा वाःपौले विशेषांक समेत प्रकाशन गर्ने बताइएको छ । नेपाल सम्वत्को नयाँ बर्षको प्रचारका लागि हेटौंडा नगर क्षेत्रमा व्यानर राख्ने तयारी पनि भइरहेको छ ।