मकवानपुर– व्यवसायि बख्रापालक संघ मकवानपुरको दोस्रो जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ । संघका अध्यक्ष ज्ञान बाहादुर पाख्रिनको सभाध्यक्षतामा एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख खुलालले व्यवसायिक रुपमा कृषि पेश गर्न आग्रह गर्नुभयो । मकवानपुर जिल्लामा कृषि र पर्यटनको प्रचुर सम्भावना र अवसर रहेको भन्दै प्रमुख खुलालले नयाँ प्रविधिको प्रयोग गर्दै व्यवसायिक रुपमा कृषिमा लाग्न आग्रह गर्नुभएको हो । उहाँले मकवानपुर जिल्ला बाख्रा पालनको हिसावले पकेट क्षेत्र कै रुपमा विकास भईरहेको भन्दै व्यवस्थित र व्यवसायिक रुपमा काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नम्बर ३ का पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालयका निमित्त निर्देशक डाक्टर हरि कुमार रघु श्रेष्ठ, भेटेरेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र हेटौंडाका प्रमुख सुशिल के सी , नेपाल लाइभ स्टक इनोभेसन सेक्टर आयोजना बिकेन्द्रीत इकाइ कार्याल्य हेटौंडाका डाक्टर प्रबेश शर्मा, नेपाल व्यवसायिक बाख्रापालक महासँघका सचिव बद्रीप्रसाद अधिकारी, बाख्रापालक व्यवसायी कल्याण बिक्रम घलान लगायतले मन्तव्य व्यक्त गर्नूभएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष गोविन्द सुवेदीले स्वागत गर्नुभएको थियो भने, सहसचिव नवराज हुमागाइले प्रगति प्रतिवेदन प्रस्तुत गर्नूभएको थियो ।
बुधबार भएको संघको दोस्रो अधिबेसनले गोविन्द प्रसाद सुवेदिको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । जसको द्वितीय अध्यक्षमा कल्याण विक्रम घलान, उपाध्यक्षमा नवराज हुमगाई, सचिबमा बद्रिप्रसाद अधिकारि, सहसचिवमा सुर्यनारायण पुडाशैनि, कोषाध्यक्षमा झम्कनाथ सुवेदि चयन हुनु भएको छ । त्यस्तै सदस्यहरूमा राजन सुवेदी, हर्ष बहादुर वल, निता गोपालि , धनमाया थिङ, ठाकुरराम खड्का चयन हुनु भएको छ ।