सांकेतिक तस्वीर

हेटौंडाः हेटौंडा–४ स्थित क्वीक ट्वान्टी होटलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुने बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१५ का २४ वर्षीय प्रदीप लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
शनिबार साँझ ७ बजेको समयमा होटलको छतमा बसिरहेको लामिछानेलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएकोमा डाक्टरले पौने ८ बजेको समयमा लामिछानेलाई मृत घोषणा गरेको थियो । लामिछानेलाई छतमा रहेको सोलार सट भई करेन्ट लागेको हुन सक्ने प्रवक्ता कार्कीले बताउनुभयो