हेटौंडा – स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मतगणाना जारी रहेका छ । जारी मतगणना अनुसार मकवानपुरगढी–८ मा कांग्रेसका कुमार घिसिङ प्यानलसहित बिजयी हुनु भएको छ । उहाँ ४४८ मत ल्याएर ९८ मत अन्तरले विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी एमालेका बिनोद पुडासैनीले ३५० प्राप्त गर्नुभएको थियो । वडा नम्बर ८ मा कुल प्राप्त १०८१ मत मध्ये गाउँपालिका अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवारलाई ६२० र एमालेलाई ३७४ तथा उपाध्यक्षमा गठबन्धनकै माओवादीका उम्मेदवारलाई ५८४ रएमालेलाई ३६८ मत प्राप्त भएको छ । मकवानपुरगढीमा कुल १९ हजार ११८ मतदाता मध्ये १३ हजार ९५३ जनाले मतदान गरेका छन् ।