हेटौंडा – मकवानपुरका दश वटै स्थानीय तहमा हिजाे र अस्ति उम्मेदवारी दर्ता गरेका राजनीतिक दलहरु तथा स्वतन्त्र उम्मेदवारहरुले चुनाबी प्रचार प्रसारमा लागेका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, बकैयाँ गाउँपालिका, मकवानपुरगढी र बागमती गाउँपालिकामा उम्मेदवारी दर्ता गरेका दल र स्वतन्त्र उम्मेदवारहरुले चुनाबी प्रचार अभियान सुरु गरेका हुन् ।
चुनाबका लागि उम्मेदवारी दिएका नेकपा एमाले, नेपाली काग्रेश, नेकपा माओबादी, एकिकृत समाजबादी, राप्रपा, जसपा लगायतका दलहरु र स्वतन्त्र उम्मेदवारहरु चुनाबी प्रचार प्रसारमा लागेका हुन् । आजै देखि आफ्ना वडाहरुमा चुनाबी कार्यतालिका बनाएर चुनाबी प्रचार प्रसारमा लागेका हुन् । मकवानपुरका दश वटा स्थानीय तहमा एक सय २ वटा वडाहरुमा दलहरुले आफै जित्ने दावि गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आफैले जित्ने दावि गर्दै उनीहरु चुनाबी प्रचारमा लागेका हुन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा १ हजार ४४२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आयोगका अनुसार वडाध्यक्षमा ३४०, महिला सदस्यमा २५१, दलित महिला सदस्यमा २१७ र सदस्यमा ५३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र रहेको छ । जिल्लामा दुई लाख ९४ हजार ९१९ मतदाता छन् । निर्वाचन कार्यतालिका अनुसार आइतबार र सोमबार गरी दुई दिन मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो । पहिलो दिन वैशाख ११ गते तुलनात्मक रुपमाकम संख्यामा मनोनयन दर्ता भए पनि दोस्रो दिन १२ गते ठूला दलका उम्मेदवारसहित सबै उम्मेदवारले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ ।