चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट मेयरकी उम्मेदवार रेनु दाहालले अग्रता कायमै राख्नु भएको छ । पछिल्लो मत परिणामअनुसार दाहालले ५६९ मतका साथ अग्रता बनाउनु भएको छ । त्यस्तै नेकपा एमालेका तर्फबाट मेयरका प्रत्यासी विजय सुवेदीले ५१९ मत प्राप्त गरी दाहाललाई पछ्याइरहन भएको छ भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १८८ मत प्राप्त गर्नुभएको छ ।