हेटौंडा – स्थानीय तह निर्वाचन अन्तरगत मकवानपुरको कैलाश गाउँपालिकामा मतगणाना जारी रहेका छ । जारी मतगणना अनुसार कैलाश –१० मा एमालेको उम्मेदवार सुर्य बहादुर ब्लोनको प्यानल नै बिजयी भएको छ । उहाँ ४३३ मत ल्याएर विजयी हुनु भएको हो । उहाँकाे निकट्तम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका जनक लोप्चनले ४०१ र कांग्रेसका उम्मेद्वार सूर्यबहादुर गोलेले ३५५ मत प्राप्त गर्नु भएकाे थियाे । वडा नम्बर १० मा कुल १४१८ मत खसेको मध्ये गाउँपालिका अध्यक्षमा भने एमालेलाई ४०८ र उपाध्यक्षमा ४१८ मत प्राप्त भएको छ । यस्तै गठबन्धनलाई अध्यक्षमा ६८५ र उपाध्यक्षलाई ६१० मत प्राप्त भएको छ ।